समाज

सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु

एम्बुलेन्स चालक सिरहाको सुखिपुरका ५० वर्षीय छेदिलाल कामत रहेका छन्

सप्तरी , ३ वैशाख । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथमा बसको ठक्करबाट एकजना एम्बुलेन्स चालकको मृत्यु भएको छ ।
ठक्करबाट मृत्यु हुनेमा एम्बुलेन्स चालक सिरहाको सुखिपुरका ५० वर्षीय छेदिलाल कामत रहेका छन् ।
आज बिहान ३ बजे तिर जिल्लाको शम्भुनाथ नगरपालिका –३ शम्भुनाथ मन्दिरको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको सिरहा औषधी व्यवसायको स १ च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदा एम्बुलेन्स चालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ भने ठक्कर दिने बसका चालक भने फरार रहेका छन । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page