समाचार

चिसो र हुस्सुका कारण सप्तरी लगायत तराईको जनजिवन कष्टकर बन्दै

सप्तरी । 

मौसम परिवर्तन सँगै बढेको चिसो र हुस्सुका कारण सप्तरी लगायत तराईको जनजिवन कष्टकर बन्दै गइरहेको छ ।

केही दिन देखि सप्तरी लगायत तराईमा बाक्लो हुस्सु लाग्नाले चिसो तथा शितलहर बुद्धि भएसँगै जनजिवन कष्टकर बन्दै गएको हो । 

बिहानैदेखि घाम नलागि बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चलनाले तापक्रम कम हुँदै जाँदा सर्वसाधारणलाई आवतजावत गर्न र दैनिक रुपमा गुजारा गर्न समेत समस्या भएको छ ।

सामान्य रुपमा पुसबाट सुरु हुने शितलहर मंसिर महिनाको अन्तिमबाट प्रारम्भ भएको छ । हप्ता दिन यता एक्कासि रुपमा बढेको चिसो तथा शितलहरका कारण यतिखेर सप्तरी लगायत लराईका जिल्लाहरुमा स्थानियहरुले ठाउँठाउँमा आगो बालेर ताप्न थालेका छन् ।

पछिल्लो दुई साता यता प्रदेश नम्बर २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र प्रदेश नम्बर १ को उदयपुर, सुनसरी, मोरङ लगायतका जिल्लाहरु प्रभावित हुन पुगेको छ । 

सप्तरीमा मात्रै शितलहरका कारण वर्षेनी दर्जनौ व्यक्तिहरुको कठ्याङ्ग्रीएर ज्यान जाने गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page