समाचार समाज

ट्याक्टरको ठक्करले मृत्यु भएका बालकको शव परालको थुप्रोमा फेला

कञ्चनरुप सप्तरी , पुष ३ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ६ बर्षीय बालक आनन्द मुखियाको शव परालको थुप्रोमा फेला परेको छ ।
ट्याक्टरको ठक्करले मृत्यु भएका बालकको शव परालको थुप्रोमा लुकाएको अवस्थामा फेला परेको हो ।
बिहीबार बेलुका घरबाहिर खेल्न निस्केका स्थानीय रोहित मुखियाका छोरा आनन्द बिहीबार दिउँसोदेखि बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा शुक्रबार शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताउँनुभयो ।
‘उनलाई स १ त ७७५२ नम्बरको गाउँकै ट्याक्टरले ठक्कर दिएर मारेको रहेछ’ प्रवक्ता साहले भन्नुभयो, ‘बालकको मृत्यु भएपछि चालकले शव परालको थुप्रोमा गएर लुकाएका रहेछन् ।’
बालकलाई ठक्कर दिने ट्याक्टरका चालक फरार रहेका छन र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज ल्याइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page