समाचार

राजबिराजको बोरियामा विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको मृत्यु

सप्तरी , पुष ३ गते ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १६ बोरिमा विहान विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । विहान करिब ४ बजेतिर गोठमा आगलागी हुँदा गोठमा सुतिरहेका ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको हो ।
शवको मुचुल्का गरी पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल पठाइएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।
सोही आगोमा घरमा रहेको धनमाल जलेर करिब एक लाख रुपैयाँको क्षति भएको छ । डेढ घण्टापछि नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page