महोत्तरी , १२ माघ ।
महोत्तरीको गौशाला सम्सि सडक खण्ड अन्तरगत टिपरले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बलवा नगरपालिका–९ का १९ वर्षीय प्रमोदराम चमार र पछाडी सवार औरही नगरपालिका–४ का १७ वर्षीय गुड्डु नदाफ रहेका छन् ।
औरही नगरपालिका– ४ कठुधार बजार चोकमा ना ८ ख ९० नम्बरको ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलकमा सवार दुबैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment