समाचार

रामकुमारी झाँक्री ७ वर्षसम्म जेल-सजाय हुने कानुनअन्तर्गत पक्राउ

काठमाडौँ, माघ २९ गते । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी दीपक थापाले अखिल नेपाल महिला संघले दिएको उजुरीका आधारमा झाँक्रीलाई नियन्त्रणमा लिइएको बताए ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।
कसूर प्रमाणित भए झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page