समाचार

मोरङको सुनवर्षीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, २ जना घाईते

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

मोरङ, फागुन १८ गते । मोरङमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
मोरङको सुनवर्षी नगरपालिका ४ गान्धी आश्रम बस्दै आएकी २० वर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने उनी सँगै गएका सोही ठाउँका ९ वर्षीया मनिका यादव र ५५ वर्षीया झोलीया यादव घाईते भएका छन् ।
आज दिउसो साढे १ बजे सुनवर्षी १ काला बन्जार स्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरिएर घटनास्थलमानै मृत्यु भएको हो ।
घाइतेको रंगेली अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेली मोरङले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page