मधेस प्रदेश

अब विशुद्ध पत्रकार मात्र रहनेः अध्यक्ष गोविन्द आचार्य

डम्बर राई /
कञ्चनरुप / सप्तरी , चैत १ गते ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सबै जिल्लामा पत्रकारहरुको शुद्धिकरण गरिएको बताउनु भयो । पत्रकारको लाइसेन्स लिइएका विभिन्न कार्यालयमा कार्यरत स्थायी सरकारी कर्मचारीहरुलाई पत्रकारीता नविकरण केन्द्रले रोकेर शुद्धिकरण गरिएको हो अध्यक्ष आचार्यले भन्नुभयो, गतबर्ष एक सय ८३ जना शुद्घिकरणमा परेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको समन्वय र पत्रकार महासंघ मधेशी समितिको आयोजनामा राजविराज स्थित शाखाको सभाहलमा आइतवार आयोजित सुरक्षित र व्यवसायिक पत्रकारहरुका लागि महासंघको भूमिका विषयक सम्वाद कार्यक्रममा प्रमुख अतिथीको आसनबाट अध्यक्ष आचार्यले श्रमजिवी पत्रकार ऐनको ठोस धारणा आउँन नसकेको बताउँनु भयो । उहाँले भन्नुभयो, यसका लागि आफुले ठुलो कसरत गर्दै आएको हुँ तर प्राप्त नीति पटक पटक बदलिने गरेकोले पनि श्रमजिवी ऐन २६ बर्षकै अवस्थामा छ ।

आम सञ्चार प्रशिक्षक प्रतिष्ठान निर्माण कार्यमा महासंघ जुटेको र निकट भविश्यमै यसको कार्य हुने छ । उहाँले महासंघको आचारसंहिताको कुरा उठाउँदै विशुद्घ पत्रकारीता गर्ने र पत्रकारहरुको हक, हितको काम गर्नैलाई मात्र महासंघको स्विकार्य हुनेभएकोले अबको जिम्मेवारीमा यस्ता पत्रकारलाई ल्याउन आग्रह गर्नुभयो । यहि चैतको अन्तिम हप्ताभित्रमा जिल्ला, प्रदेश र केन्द्र तिनै तहमा चुनाव हुने भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

महासंघका कोषाध्यक्ष राजेश मिश्रले समाजले विश्वास र भरोसा गर्ने थलो भनेकै सञ्चाकर्मी एवं मिडिया भएकोले हामी सञ्चारकर्मीले सहि र सत्य भूमिका निर्वाह गर्नूपर्छ भन्नुभयो । हामीले समाजको काममा निष्पक्षरुपमा जुटेर कलम चलायौं भने अन्यायले न्याय पाउनुको साथै समाजमा हाम्रो विश्वास चुलिदै जान्छ ।
यस्तै प्रदेश नम्बर २ का प्रेस काउन्सील अध्यक्ष शिवहरी भट्टराईले अब पत्रकारहरुका लागि कल्याणकोषको उचित व्यवस्थापनसंगै जीवन विमालाई लागु गर्ने बताउनु भयो । उहाँले प्रदेश २ का पत्रकारहरुका लागि पेन्सनको व्यवस्था समेत गरिने दावी गर्नुभयो ।
प्रदेश नम्बर २ का आम सञ्चार प्राविधिक संघका अध्यक्ष श्यासुन्दर यादवले पत्रकारहरु आफै मर्यादित भएर सत्य र निष्पक्ष रुपमा आफ्नो पेशामा लागे असुरक्षित नहुने दावी गर्नुभयो । उहाँले पत्रकारहरु पेशाबाट पलायन हुदै गएको टिप्पण्ी गर्नुहुदै भन्नुभयो, यस पेशामा कार्यरत पत्रकारहरुका लागि राज्यले कुनैपनि सेवा सुविधा प्रदान गर्ने काम भएन यधपी कानुनमा समेत पत्रकारहरुका हक, हित र सुरक्षितहुने किसिमको नीति निर्माण गर्न सकेन । प्र्रदेश नम्बर २ मा पत्रकारीता शिक्षा अध्ययन लागु गरीने जानकारी दिदै यादवले भरसके राजविराजमै शिक्षालय स्थापना हुने बताउँनु भयो ।
नेपाल पत्रकार महासंघ झापा, सिरहा र रौतहटका अध्यक्षहरु क्रमशः तारामण्ी सापकोटा, दिनेश्वर प्रसाद गुप्ता र रविन्द्र साहले विचार व्यक्त गरेका थिए ।
सो अवसरमा सप्तरी शाखाका पूर्व अध्यक्ष बैधनाथ झा, मुरली यादव, व्यास शंकर उपाध्याय, धिरेन्द्र प्रसाद साह, प्रकाश खतिवडा, महासंघ केन्द्रिय सदस्य अवधेश झा, प्रदेश २ का सचिव राम नारायण विश्वास, सल्लाहकार श्रवण देव, आदिवासी पत्रकार महासंघ सप्तरीकी अध्यक्ष प्रीयासिंह थारुले मन्तव्य दिइएका थिए ।
पत्रकारको सुरक्षा र व्यवसायीक बनाउँन महासंघले के गर्नु पर्ने ? र पत्रकारहरुहको जिम्मेवारी तथा भूमिका कस्तो रहनुपन र्?े भन्ने लगायतका विषयमा विचार आदान प्रदान भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page