कञ्चनरुप (सप्तरी) , २०७७ चैत्र ५ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा गए राति सिलिण्डर लिंक भएर आगलागी हुँदा झण्डै ७० लाख बराबरको क्षति भएको छ । आगलागीमा परेर एक गम्भीर घाइते भएका छन् ।
सोही ठाउँका हरिकिशुन खंंगको घरमा राति ९ बजेतिर सिलिण्डर लिंक भएर आगलागी भएको हो । आगलागीमा हरिकिशुनसहित रामचन्द्र खंग र नकछेदी खंगको चार वटा घर जलेर नष्ट हुँदा ७० लाख बराबरको क्षति भएको छ ।
आगलागीमा परी हरिकिशुन गम्भीर घाइते भएका छन । उनलाई उपचारको लागि पठाइएको छ ।
घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गरगहनासहितका सवै सरसमान जलेर नष्ट भएको स्थानियले बताएका छन् ।
हनुमाननगर र राजविराज नगरपालिकाबाट गएको वारुणयन्त्र, नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/161776092_1441013192904819_105223485446707901_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/161776092_1441013192904819_105223485446707901_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/161378939_1441013226238149_3857723735441359084_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/161378939_1441013226238149_3857723735441359084_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment