समाचार

ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक पक्राउ

काठमाडौं, ६ चैत । काठमाडौं महानगरपालिका २६ कान्तिपथस्थित एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक पक्राउ परेका छन् ।
ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा काठमाडौं ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page