समाज

सप्तरीको महुली स्थित पशुफर्ममा आगलागी हुँदा २० वटा गाई जले ; ६० लाख बराबरको क्षती

बृजमान तामाङ /
बिरेन्द्र बजार, ६ चैत ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ स्थित कृष्णाराम बहुउद्देश्यीय पशु फार्ममा एक्कासी विद्युत सर्ट भएर शुक्रबार बिहान भीषण आगलागी हुदा ६० लाख बराबरको क्षती भएको छ ।
मनोज कुमार साहले संचालनमा ल्याएको पशुफार्ममा बिहान साढे एक बजेको समयमा आगलागी हुदा उक्त परिणामको क्षती भएको हो ।
आगलागीमा परि २१ थान दुहुना गाई सहित १६ वटा बाछाबाछी जलेर मरेको फार्म संचालनक साहले बताए । आगलागीबाट १० वटा गाईलाई उद्वार गर्न सफल भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार उद्वार गरिएका गाई समेत जलेर घाईते भएका छन् । गाईलाई बचाउने क्रममा गोठमा सुतेका फार्म संचालक दिनानाथ साह घाइते भएका छन । उनको स्थानीय पोलिक्लिकमा उपचार भईरहेको स्थानीय बताएका छन ।
आगलागीमा १० वटा गाई बाहेक अन्य गाई ,भैंसी, दाना, सरसमान र गोठ पुर्ण रुपले जलेर नष्ट भएको पिडितले बताएका छन । उहाँले आगोमा परि ६० लाख भन्दा बढी धनमाल क्षती भएको जानकारी दिनुभयो ।

आगो ३ घण्टा पछि कञ्चनरुप नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बिहान नियन्त्रणमा लिन सफल भएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page