समाचार समाज

डाक्नेश्वरी नगरपालिकाको ७ औं नगर सभाको उद्घाटन सत्र बुधवार सम्पन्न

महेन्द्र सदा /
पातो (सप्तरी), १२ चैत ।
डाक्नेश्वरी नगरपालिकाको ७ औं नगर सभाको पहिलो सत्र बुधवार सम्पन्न भएको छ ।
उक्त नगर सभाको अध्यक्षता नगर प्रमुख शिवनारायण साहले गरेका थिए भने विशिष्ठ अतिथिको रुपमा पूव जिल्ला विकास समितिका सदस्य हरिसुदन यादव रहेका थिए ।
समृद्ध डाक्नेश्वरी नगरपालिकाको आधार, कृषि जनशक्ति र पूर्वाधार भन्ने मुल नाराकासाँथ ७ औं नगर सभाको पहिलो सत्रको उद्घाटन संयुक्त रुपमा मैनबत्ती बालेर शुभारम्भ गरिएको थियो भने स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार दासले गरेका थिए ।

कार्यक्रममा एमालेका नगर संयोजक निरन्जन चौधरी, फोरमका बेचु साह, नेपाली काँग्रेसका नारायण यादव, एमालेका नगर प्रत्यासि उमेद्वार रामलखन मुखिया, रेडक्रस शाखा पातोका सभापति जितेन्द्र यादव, मजदुर संघका भन्टु यादव , शसस्त्र प्रहरी बल वेस क्याम्प पातोका प्रमुख राजु श्रेष्ठ, महिला प्रतिनिधि जगमाया राम, न्यायिक समिति सदस्य मानवीर रजक लगायतले कार्यक्रमको सफलताको शुभकामना दिदै सल्लाह सुझावका साथै विगतमा भएका कमिकम्जोरी सच्याएर जनसमुदाय प्रति उत्तरदायी जिम्मेवारीपूर्वक आगामि कार्यक्रम संचालन गर्न आग्रह गर्नुभएको थियो ।
नगर प्रमुख शिवनारायण साहले आज हुने बन्द सत्रमा विस्तृत छलफल गरी कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै उद्घाटन सत्र समापन गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page