समाचार

प्रेस चौतारीले संगठनलाई दिगो व्यवस्थापन गर्न कार्यक्रम अगाडी बढाउँने

डि राई – उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी), चैत्र १४ गते ।
प्रेस चौतारी नेपाल शाखा सप्तरीको जिल्ला भेलाले संगठनलाई दिगो व्यवस्थापन गर्ने भएको छ । शनिवार बसेको भेलाले तत्काल एमाले र माओवादीको एकताले प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल मिलेर बनेको प्रेस संगठन नेपाल पार्टीलाई फागुन २३ को सर्वाेच्च अदालतको फैसलाले पुरानै पार्टीमा ब्युँताए पछि चौतारीले आफ्ना संगठनलाई मुहुर्तरुप दिदै दिगो व्यवस्थापनमा जुटेको हो ।
जिल्ला भेलाका संयोजक सुखराम यादवको अध्यक्षता र चौतारीका केन्द्रिय पूर्व उपाध्यक्ष मनोहर पोखरेलको प्रमुख आतिथ्यमा आयोजित भेलाले आगामी २०७८ बैशाख पहिलो हप्ता भित्रमा जिल्ला अधिवेशन गर्ने भएको छ र शाखाका अध्यक्ष खगेन्द्र कार्कीको संयोजकत्वमा २१ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ ।

साथै चौतारी शाखाको सदस्यता नविकरण तथा सदस्यता वितरण बैशाख एक गते भित्रमा गरिसक्ने निर्णय भएको कोषाध्यक्ष पुनम पोखरेलले जानकारी गराउँनु भयो ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको निर्वाचनमा पत्रकारहरुका सबै संगठनहरु एक आपसमा नजुटे कसैले पनि भनेको र चाहेको पदमा पुग्न नसक्ने चौतारीको आकलन छ । महासंघमा चौतारीले पनि जिम्मेवारीको पदमा तालमेल गर्ने भएको हुँदा तालमेलका लागि पूर्व गठित तीन सदस्य समितिलाई नै भेलाले अनुमोदन गरेको छ । मनोहर पोखरेलको संयोजकत्वमा गठित समितिमा सुखराम यादव र डम्वर राई छन् ।
संगठनमा आवद्घ पत्रकारहरुको अवस्था, आवद्घताको खोजी गरेर यस्ता साथीहरुको समस्यालाई भोलीका दिनबाट कुनढंगबाट हल गर्न सकिन्छ त्यसका लागि चौतारीले खोजी गर्ने भएको छ ।

बृहत छलफलमा उठेका सवाललाई भेलाका प्रमुख अतिथि पोखरेलले सुध्याउँदै हिजो हामीले काम गर्नेक्रममा केहि भुलत्रुटी भएकै होला यसमा म आत्मसात गर्छु तर अबका दिनहरुबाट यस्तो काम नदोहोरीयोस् र कार्य समितिका साथीहरु पनि सक्रियसाथ जिम्मेवारी बहन गरिदिनु पर्छ भन्नुभयो । संगठन विस्तार देखि पत्रकारहरुका हक हीतमा समायोजन गराउँन आफुले अहोरात्र भूमिका निर्वाह गरेको केहि उदाहरण समेत पस्कदै पोखरेलले भन्नुभयो, आफुले यस क्षेत्रमा २५ वर्षदेखि समाचार लेख्ने मात्रको काम गरिन, पत्रकार जन्माउँने र उनीहरुलाई कार्यक्षेत्र जुटाउँने काममा चुकिन ।
यस्तै सुखराम यादवले संगठनका लागि आफु चिन्तित रहेको कुरा व्यक्त गर्दै भन्नुभयो, प्रेस चौतारी पुरानो संगठन हो र यसले धेरै पत्रकारहरु जन्माउनुको साथसाथै पेशामा स्थिरता गराउँन सहयोग पुर्याउदै आएको छ । यसले जन्माएका तथा आवद्घता भई संगठित भएका पत्रकार मित्रहरु सबैको हित र संरक्षणका बारेमा भिन्नता राख्दैन र मितव्ययी विचारधाराका हुन्छन् ।
डम्बर राईले संचालन गरेको भेला कार्यक्रमलाई शाखाका कोषाध्यक्ष पुनम पोखरेलले स्वागत मन्तव्य र उत्तम आचार्य, बोधराज सुवेदीले विचार व्यक्त गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page