समाज

युवा टोलीद्वारा निर्माणधिन मदन भण्डारी मार्गको सडक अनुगमन तथा निरीक्षण

कञ्चनरुप , २५ चैत्र । राष्ट्रिय युवा संघ नेपाल कञ्चनरुप नगर कमिटीका अध्यक्ष जैनुद्दिन मियाँको नेतृत्वमा गएको युवा टोलीले निर्माणधिन मदन भण्डारी मार्गमा भइरहेको कालोपत्रे सडक अनुगमन तथा निरीक्षण गरेको छ।
सप्तरीको कञ्चनरुप १२ रुपनगर चौकदेखि उदयपुरको शिवाइसम्म जोडिने मदन भण्डारी मार्गको निर्माण कार्य अहिले तीव्र रूपमा भइरहेको छ ।
सो निर्माणाधिन मार्गमा गुणस्तरीय काम भएको नभएको विषयमा निगरानी गर्नका लागि हामी युवाहरुले अनुगमन तथा निरीक्षण गरेको मियाँले बताउनुभयो । समाजमा विकास निर्माणका काममा युवाहरुले ठोस निति लिएर काम गर्ने र हामी युवाले विकासका काममा अगाडि बढ्दै समून्नत समाज निर्माणका लागि अभियान चलाउने उहाँले बताउनुभयो ।
अनुगमनमा नगर कमिटिका सचिव धर्मेन्द्र थापा, नगर सदस्य नवराज भुजेल , जिवस यादव ,उमर अली ,समुद्धिन अली तथा स्थानियको उपस्थिति रहेको थियो ।

२०७५ साल फागुन १ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको मदन भण्डारी मार्गको निर्माण कार्य तीव्र रूपमा भइरहेको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले जानकारी दिनुभयो ।
मदन भण्डारी मार्ग अन्तर्गत सप्तरीको रुपनगर चौकदेखि चर्खिया, बस्तीपुर, श्रावणपुर, पौडाहा खोला हुँदै उदयपुरको सिवाई सम्मको सडक निर्माण कार्य अहिले तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।
आर्थिक बर्ष २०७७/०७८ मा ठेक्का पाएका बजरङ्ग कन्स्ट्रक्सन काठमाडौँले चर्खिया देखि पौडाहा खोला श्रावणपुर सम्मको सडक खण्डमा कालो पत्रेको काम सुरु गरेको छ ।
यस आर्थिक वर्षमा रु ४ करोड ४० लाखको बजेटबाट बजरङ्ग कन्स्ट्रक्सन काठमाडौँले तत्काल मदन भण्डारी मार्ग सडकमा कालोपत्रे सडक बाटो निर्माणको काम तीव्र रूपमा भइरहेको जनाएको छ ।
रुपनगर चौक देखि उदयपुरको सिवाई सम्म निर्माण भइरहेको मदन भण्डारी मार्गको लम्बाई भने १३ किलो मिटर रहेको छ ।
यस क्षेत्रमा फराकिलो सडक बाटो बन्न थालेपछि स्थानियबासीहरु समेत खुसी भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page