काठमाडौं , ४ वैशाख । भीडभाड हुने शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज शनिबार बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने निर्णय गरेको छ ।
Add Comment