समाज

रंगेलीमा खाल्डोमा जमेको पानीमा डुबी १० वर्षीय बालकको मृत्यु

मोरङ, बैशाख २७ गते । मोरङको रंगेलीमा खाल्डोमा जमेको पानीमा डुबी बालकको मृत्यु भएको छ ।
आज बिहान रंगेली नगरपालिका ९ बेदमारी स्थितमा इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबी भारत बिहार घर भई सोही स्थानमा रहेको देवि इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँको १० वर्षीय छोरा अलिअर मियाको मृत्यु भएको हो ।
खेल्ने क्रममा बालक उक्त पानीको खाल्डोमा डुबी गम्भिर घाईते भएका थिए । घाईते बालकको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page