कोशी प्रदेश समाज

झापामा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–३ का ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बू रहेका छन् ।
जङ्गली हात्तीले रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गलभित्रको सडकमा लिम्बुलाई आज बिहान ५ बजे आक्रमण गरेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
बिहान मर्निङवाकमा निस्किएका लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जानाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page