समाचार

सप्तरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

साँकेतिक तस्बिर

कञ्चनरुप (सप्तरी) , ८ जेष्ठ । सप्तरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिका २ का ४२ वर्षीय पुरुषको शुक्रवार दिउँसो साढे ४ बजे धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा मृत्यु भएको छ । मृर्गौलाका बिरामी उनलाई जेठ ४ गते सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
त्यस्तै कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का ७० वर्षीय पुरुषको नोवेल शिक्षण अस्पताल विराटनगरमा आज मृत्यु भएको छ । उनलाई जेठ २ गते नोबेलमा भर्ना गरिएको थियो र जेठ ४ गते कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page