समाचार

खडक नगरपालिका वडा नम्बर ३ मा संक्रमित अत्यधिक देखिएपछि वडा सिल

कञ्चनरुप , जेष्ठ १३ गते । सप्तरीको खडक नगरपालिकाले वडा नम्बर ३ लाई शिल गरेको छ ।
खडक नगरपालिकाले आज एक सूचना जारी गरी विश्वभर फैलिएको कोरोनाको नयाँ भेरिएन्ट सहितको दोस्रो लहरको कोरोना भाईरस (कोभिड १९) को संक्रमण नगरपालिकाको वडा नं. ३ मा अत्यधिक मात्रामा देखा परेकाले सो वडा सिल गरिएको हो ।
कोरोना भाईरस मानव जातीका निम्ती ठुलो स्वास्थ्य चुनौतीका रुपमा रहेकोले यस खडक नगर कार्यपालिकाको वैशाख १० गतेको कार्यपालिकाको बैठकको निर्णय बमोजिम अर्को आदेश वा व्यवस्था नहुञ्जेल सम्मको लागि खडक नगरपालिका बडा नं. ३ अन्तर्गत पर्ने सम्पूर्ण गाउँटोल पूर्ण रुपमा शिल गरिएको सूचनामा उल्लेख गरिएको छ ।

   

You cannot copy content of this page