कोशी प्रदेश समाज

कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको प्रहरीद्वारा शकुशल उद्धार

सप्तरी, जेष्ठ १४ गते । प्रहरीले कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको शकुशल उद्धार गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका ८ स्थितमा रहेको कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भई मोरङको सुन्दरहरैचा बस्ने ४० वर्षीय एक पुरुषको प्रहरीले उद्धार गरेको छ ।
बिहिवार अपरान्ह पौने ५ बजेको समयमा प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा तत्कालै शकुसल उद्धार गरेको हो ।
उद्धार गरिएका पुरुषलाई उपचारको लागी ईनरुवा अस्पताल पठाएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page