समाज

सप्तरीको कञ्चनरुप १२ मा आगलागी हुँदा एक लाख बरावरको धनमाल जलेर नष्ट

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

डम्बर राई /
कञ्चनरुप (सप्तरी) , साउन २० गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित साउनपुरमा आगलागी हुँदा करीव एक लाख बरावरको धनमाल जलेको छ । बुधवार दिउँसो साढे तीन बजेको समयमा जगत बहादुर राईको घरमा आगलागि भएको हो ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार एउटा ६० हजार बरावरको एउटा घर, अन्न, लत्ताकपडा, थाल भाँडा आदी लगायत एकलाख बरावरको क्षति भएको छ । रुपैयाँ पैसा भने उनी घरमा नभएकोले के कत्ति थियो सो बुझन सकिएन । कसरी आगो लाग्यो सो को जानकारी भने हुन नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
स्थानिय हरी प्रसाद भट्टराईको जग्गामा लामो समय देखि एक्लै बसोवास गर्दै आएका छन् । इलाका प्रहरी कार्यालयबाट खटिगएका प्रहरी टोली र नगरपालिकाका बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page