समाचार

कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले कृष्ण जन्माष्टमीमा देशभर र गाईजात्राका दिन काठमाडौँ उपत्यकाबाहिरका नेवार समुदायलाई समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
साथै सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ ।
यस अगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर भदौ ७ गते बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page