काठमाडौं । बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेका सिद्धि साई कन्स्ट्रक्सन प्रालिका सञ्चालक दीपेन्द्र शाही पक्राउ परेका छन् ।
उनलाई बानेश्वरबाट पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।
पक्राउ परेका शाही २ करोड रुपैयाँ भन्दा बढीको चेक अनादर मुद्दामा फरार थिए । शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Add Comment