डम्बर – उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) । विदेशीहरुले नेपाललाई क्याप्चर गर्न नेपालीलाई नै प्रयोगमा ल्याएको कुरा भारतिय प्रोफेसर मुकेश सिंहले लेखेको कितावमा भेटिएको सत्य नारायण मण्डलले बताउँनु भयो । नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) स्थायी कमिटी सदस्य, प्रदेश २ का इन्चार्ज समेत रहनुभएका मण्डलले आइतवार सप्तरीको राजविराजमा पार्टीको जिल्ला अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुदै यस्तो बताउँनु भएको हो ।
उहाँले भन्नुभयो, विदेशीहरुसंग चलखेल गरेर आफ्नो धर्तीलाई नै लुटाउँने खेल गीरिजा प्रसाद कोइरालाले गर्यो र पछिल्लो समयमा आएर माधव प्रचण्डले गर्दैछन् । कार्यक्रमको प्रमुख अतिथिको आसनबाट नेता मण्डलले माधव प्रचण्डको खेमावद्घ देउवा सरकारले लाखौं सुकुम्वासीको जीवनमा खेलवाड गर्ने काम गरेको गुनासो व्यक्त गर्नुभयो । ११ लाख सुकुम्वासी जनताका मर्मलाई अन्त्य गर्न भनेर केपी ओलीले भूमी आयोग गठन गरेर ती सुकुम्वासीहरुलाई लालपूर्जा उपलब्ध गराउँने प्रक्रिया गर्न लागेको हो तर यो परमादेशी सरकारले आयोग नै खारेजी गरेर ती ११ लाख सुकुम्वासीलाई लात मारेको छ ।
सर्वोच्च अदालतले परमादेशबाट बनाएको सरकारको महत्व जनादेशमा हुदैन नेता मण्डलले भन्नुभयो, यो काम चलाउ सरकार पनि भन्न उपयुक्त देखिदैन कारण दुई महिना वित्न लाग्यो अझै मन्त्री मण्डल विस्तार गर्न सकिरहेको अवस्था छैन । लोकतन्त्रमा जनताको इज्जत, कदर, मान सम्मान हुन्छ यसैको परिभाषा हो लोकतन्त्र तर लोकतन्त्रलाई कुल्चने काम सर्वोच्चले पनि गर्यो, जनादेशबाट बनेको सरकारलाई खारेज गरेर परमादेशी सरकार बनायो यो सरासर गुण्डागर्दीको शैली हो यसले लोकतन्त्रको हनन् गरेको छ उहाँले दुख व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभा सांसदीय दलका नेता सुमनराज प्याकुरेलले यो देशको आमुल परिवर्तनकारी कामको जति आन्दोलन भयो त्यो सबै कम्युनिष्ट पार्टीको उपस्थितिमा भएको हो र कम्युनिष्ट शक्ति वीना कुनैपनि आन्दोलन सफल हुन सक्दैन ठोकुवा गर्नुभयो । इतिहासको अगाडी आफुले बख्यान गरिरहनु नपर्ने भन्नुहुदै उहाँले झापा काण्ड, ६२÷६३ को जनआन्दोलन र त्यो भन्दा अगाडी ३६, ४६ लगायतका आन्दोलनमा कम्युनिष्ट पार्टीको ठूलो शक्ति रहेको दावी गर्नुभयो । हामीले विभिन्न कालदण्डमा सोच्यौ, नेपाली जनताको इच्छा, माँगलाई कसरी पूरा गराउन सकिन्छ अनी देशलाई समृद्घशाली बनाउँदै नयाँ नेपालको संरचना निर्माण गर्न केको आवश्यकता छ ? यिनै प्रश्नरुपी विचारहरु बोकेर आन्दोलनमा होमिएको कुनै वनावटी होइन इतिहास साची छ नेता प्याकुरेलले बताउँनु भयो ।
केपी ओलीले सरकारमा रहँदा कुनचाहिँ अपराध गर्यो ? यस्तो प्रश्न उठाउँनै नेता प्याकुरेलले भन्नुभयो, बृद्घभत्ता बृद्घि चार र छ लाइनको सडक निर्माण, रेल संचालन, अन्तराष्ट्रिय हवाइमार्ग निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, लगायतका धेरै विकास निर्माणका कार्यहरु गरेका छन् । केपीले जनहितका लागि निर्माण गरेका केहि योजनाहरुलाई तोडमोड गर्ने काम देउवा सरकारले गर्दैछन् र केहि त विघटन गरीपनि सक्यो । प्रदेश २ का सह इन्चार्ज र सप्तरीका पार्टी इन्चार्ज समेत समाल्दै आउनु भएका नेता प्याकुरेलले अहिलेको सरकार दिन काटने मात्रको हो भन्नुभयो । हिजो पोइला गएका कम्युनिष्ट भनाउँदा नेताहरुका बलले उचालिएका देउवालाई कहाँ र कत्तिबेला खसाल्छन् भन्न सकिन्न । जनादेशबाट आएका सरकारलाई खारेज गरेर कानुनी शासनले लोकतन्त्रको मानमर्यादालाई कुल्चिएको उहाँले आफ्नो ठम्याइलाई व्यक्त गर्नुभयो ।
नेकपा ( एमाले ) का राष्ट्रिय प्रतिनिधी परिषद सदस्य एवं संविधान सभा सदस्य रञ्जु ठाकुरले पनि देउवा काम चलाउ सरकारको दुई महिना नबित्दै खानु न ओकल्नु भएको बताउँनुभयो । अहिले उस्कै सरकार समर्थकहरुले यत्ति दिमाग खाने काम गर्दैछन् जसका कारण देउवाले सरकार चलाउनै सक्दैन ठाकुरले ठोकुवा गनुभयो । माननिय ठाकुरले अनुशासन, इमान्दारिताको महत्वको बारेमा उल्लेख गर्नुहुदै यसको पूर्णरुपमा पालना गर्न र तथा ध्यान पुर्याउने कुरामा सिक्नु र सिकाउनै पर्नै आवश्यकता औल्याउनुभयो ।
यस्तै राष्ट्रिय प्रतिनिधि परिषद सदस्य सरीता गिरीले एमालेको विखण्डन गर्न लागेका केहि नेताहरुको अवस्था अब आउने निर्वाचनमा थाहा हुने बताउँनुभयो । जनताले विखण्डनकारी नेताहरुको चित्त यसरी बुझाइदिन्छन् की उनिहरु घरको घाटका हुनै दिनहरु आउदैछन् माननिय गिरीको टिप्पणी थियो । उहाँले भन्नुभयो, जसले गरीव, निमुखा, शोषित, पिडितसंगै आदिवासी जनजाती, मधेशी , मुस्लिम, दलित, पिछडावर्ग आदी समुदायको हक, हीत, संरक्षण र सम्वर्धनका काम गर्दछ त्यो एकमात्र पार्टी हो एमाले ।
नगरप्रमुखद्वय उत्तम कुमार गौतम र बसन्त कुमार मिश्रले पार्टी विभाजन भएको होइन शुद्घिकरण भएको हो भन्नुहुदै राम्रा नराम्रा सबैमा हुन्छन् , त्यहि नराम्राहरु चाहिं छाटिएको बताउँनुभयो ।
परिवर्तनशील मुलुक र जनताले चाहेको र त्यसका प्राप्ती एमाले पार्टीबाट हुनेहुँदा जनताले बहुमत दिइएर दुइतिहाइको सरकारमा पुरयाउँने आकलन गर्नुभयो । जिल्लाको उत्कृष्ट स्थानमा आएका कञ्चनरुप नगरपालिका शिक्षा, स्वास्थ्य क्षेत्रमा प्रदेश २ मै अगाडी रहेको नगर प्रमुख मिश्रले दावी गर्नुभयो । भ्रष्टाचार विरोधी मिश्रले भन्नुभयो, प्रदेश नं. २ भ्रष्टाचारको अखडा भनेर असान्दर्भिक आवाज छ तर आफ्नो नगरपालिकामा भ्रष्टाचार भएको छैन, यो नगर प्रमुखले कसैसंग मिलेर वा सो गतिविधिमा लागेर एक रुपैया पनि भ्रष्टाचार गरेको भए तुरुन्तै राजिनामा दिनेछु ।
सप्कोशी र कञ्चनरुप नगरपालिकामा एमालेको विजय हासिल नगर प्रमुख छन् ।
आयोजित कार्यक्रममा जिविन्द्र यादवको नेतृत्वमा डाक्नेश्वरी नगरपालिकाका ४५ जना एमालेमा प्रवेश गरेका छन् । उनीहरु सबै जनता समाजवादी पार्टी परित्याग गरेर आएका हुन् । यसैगरी तिलाठी कोइलाडी गाउपालिकाबाट लक्ष्मण मण्डलको नेतृत्वमा ४५ जना नै एमालेमा प्रवेश गरेका छन् । नयाँ प्रवेशकर्ताहरुलाई नेताद्वय मण्डल र प्याकुरेलले अविर मालाले स्वागत गरेका थिए ।
राजविराज जिल्ला विकास समितिको विशाल सभाहलमा आयोजित अगुवा कार्यकर्ता भेलामा पार्टीका विभिन्न जनवर्गिय संगठनहरुको बाक्लो उपस्थिति रहेको थियो । आयेजित भेलालाई जिल्ला उपाध्यक्ष अब्दुल मजिज साकिरले स्वागत गर्नुभएको थियो ।
जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित भेला कार्यक्रम सचिव देवनाथ यादवले संचालन गर्नुभएको थियो । हलमा नअटाएर हल बाहिर बसेर पनि पार्टीको कार्यक्रमलाई सहयोग पुर्याउनुहुने सम्पूर्णप्रति पार्टीले कृतज्ञता अपिल गरेको आयोजक समितिले जानकारी दिइएको छ ।
Add Comment