समाचार

सप्तरीमा वेमौसमी वर्षाले जनजिवन प्रभावित हुनुका साथै किसानहरुले लगाएको अन्न बाली डुबेर नष्ट

कञ्चनरुप (सप्तरी), २ कार्तिक । दुई दिनदेखि निरन्तर परेको हावापानीले सप्तरीको १८ वटै पालिकामा जनजिवन प्रभावित हुनुका साथै किसानहरुले लगाएको अन्न बाली समेत डुबेर नष्ट भएको छ ।
खेत पोखरीमा परिणत भई पाकेको धानबाली नष्ट हुँदा किसानहरू ठूलो मर्कामा परेका छन् ।
सप्तरी जिल्लामा हावाहुरीसँगै लगातार भएको बर्षाले धानबालीमा क्षति पुगेको स्थानीय किसान विमल संग्रौला बताउँछन् । हावाले धान ढालेर खेतमा पानी जमेपछि धानबालीमा क्षति पुगेको उनी बताउँछन्।
कडा परिश्रम ,मिहिनेत र लगानी गरेको धानबाली भित्र्याउने बेलामा पानीमा डुबेर खेतमा धान झर्न थालेपछि उनीहरु निराश भएका छन् ।
हावाहुरी र बर्षाको कारण खेतमा पाँजा लगाएको धान समेत उठाउन नपाएको किसान हेम अधिकारी दुखेसो पोख्छन् ।
हावाले पाकेको धानलाई खेतमा ढालेपछि अब पानीमा दुई दिनसम्म बाला डुबेर कुहिने उनी बताउँछन्।
पाकेको धान काटेर थन्काउने बेलामा हावापानीले पाँजा लगाएको समेत डुवानमा पर्दा ठूलो नोक्सान भएको किसानहरु बताउँछन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page