समाचार

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो , ५६ मध्ये ४२ वटा ढोका खुल्ला

कञ्चनरुप (सप्तरी), कात्तिक ३ गते । लगातारको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढ्दो छ ।
मंगलबारदेखि बढ्दो स्तरमा रहेको वहाव आज बुधबार विहान ९ बजेसम्म २ लाख ६० हजार ४५० क्यूसेक पुगेको कोशी ब्यारेज प्रशासनले जनाएको छ ।
पानीको वहाब बढ्दो नै रहेकोले कोशी ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खुल्ला गरिएको छ ।
झापा , मोरङ , सुनसरी र सप्तरी लगायतका जिल्लाहरुमा अति भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान गरिएको प्रशासनले जनाएको छ ।
तटीय क्षेत्र तथा डुबान भइरहेको होचा भूभागमा रहने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page