खगेन्द्र कार्की
फत्तेपुर । सपनाको सप्तकोसी नगरपालिका वडा नं. ९ मा जनता समाज पार्टीबाट निर्बाचित वडा सदस्य बिहिवार एमालेमा प्रबेश गरेका छन। स्थानीय तह निर्बाचनमा नेकपा माओबादि केन्द्र संग गठबन्धन गरि माओबादि केन्द्रको चुनाव चिन्ह बाट चुनाव लडेका तिलेश्वर मेहता बिहिवार नेकपा एमाले सप्तकोसी नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम जसपा परित्याग गरि एमाले मा प्रबेश गरेका हुन ।
वडा सदस्य मेहता सहित १ दर्जन नेपालि काङ्ग्रेस ,माओबादि ,जसपा परित्याग गरि एमाले मा प्रवेश गरेका छन् । नब पार्टी प्रबेशिहरुलाई नेकपा एमाले केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रतिनिधि शभा सदस्य शान्ता चौधरी ,नगर प्रमुख उत्तम कुमार शर्मा , नेता राज कुमार लेखिले टिका र खादा लगाएर पार्टी प्रबेस गराइ स्वागत गरेका थिए ।
राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यता तथा नेकपा एमाले नगर कमिटी अध्यक्ष पारस दहालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।















Add Comment