खगेन्द्र कार्की /
फत्तेपुर , ५ कार्तिक । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ५ स्थित गंगाजलीमा निर्माण गरिएको सहिद दिलिप चौधरीको स्मारक स्तम्भको शुक्रबार एक कार्यक्रमको आयोजना गरि अनावरण गरिएको छ ।
सहिद दिलिप चौधरी प्रतिष्ठानद्वारा निर्माण गरिएको स्मारक स्तम्भको अनावरण कार्यक्रमकी बिशिस्ट अतिथि तथा प्रतिनिधि शभा सदस्य शान्ता चौधरीले गर्नुभएको थियो । स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रिय शभा सदस्य सुमनराज प्याकुरेल ,पुर्बमन्त्री हेमराज तातेड, सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा लगायतले बोल्दै हामी सबैले सहिदहरु का सपना पुरा गर्नु पर्नेमा जोड दिनुभयो।
पञ्चायती ब्यबस्था विरुद्ध लडेका सहिद दिलिप चौधरीको स्मृतिमा निर्माण गरिएको स्मारक स्तम्भले भए पनि सहिद प्रति सम्झने काम भएको प्रतिनिधि शभा सदस्य शान्ता चौधरीले बताउनुभयो ।
सहिद दिलिप चौधरी स्मारक स्तम्भको अनावरण सो समारोहमा सहिद दिलिप स्मृति पत्रकारिता पुरस्कारबाट ३ जना संचारकर्मीहरुलाई पुरस्कृत समेत गरिएको छ पुरस्कृत हुनेहरुमा न्युज टुडेका सम्पादक बृजमान तामाङ, थरुहट डट कमका सम्पादक मदन चौधरी र पत्रकार महासंघ सप्तरी का कोषाध्यक्ष नबिन गुप्तालाई सम्मान पत्र र जनही रु ११ हजार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखिले जानकारी दिनुभयो ।
सप्तरीको तत्कालीन फत्तेपुर गाबिसमा जन्मिएका सहिद दिलिप चौधरी बि.सं २०४२ सालमा बम काण्डको आरोपमा काठमाडौ स्थित ल क्याम्पसबाट पक्राउ परेका थिए । पक्राउ परे लगतै उनको हत्या गरिएको थियो ।
सहिद चौधरीले पञ्चायती ब्यबस्थाको बिरुद्ध बि.सं. २०३६ सालमा सप्तरी जिल्लाको फत्तेपुर कंचनपुर क्षेत्रमा भएको बिद्यार्थी आन्दोलन तथा २०४२ सालको देशब्यापी बम काण्डको अगुवाई गरेका थिए ।
Add Comment