स्वास्थ्य

कञ्चनरुप ७ स्थित समदर्शी टोल, पिपल चौतारामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

कञ्चनरुप (सप्तरी), २२ कात्तिक । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ७ स्थित समदर्शी टोल, पिपल चौतारामा श्री जनजागृती समाजको आयोजना तथा कञ्चनरुप नगरपालिकाको सहयोगमा सोमवार निशुल्क स्वास्थ्य शिविर तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद एवम् बरिष्ठ वाल रोग विशेषज्ञ डा. सूर्यनारायण यादवले हामीले बेलाबेलामा स्वास्थ्य परीक्षण गर्न अतिनै आवश्यक रहेको हुँदा बेलाबेलामा स्वास्थ्य परीक्षण गर्दा ठुलो रोग लाग्ने समस्याबाट बच्न सकिन्छ र आर्थिक समस्याबाट पनि बच्न सकिने बताउनु भयो ।

त्यस्तै नगर प्रमुख बसन्त कुमार मिश्रले सबभन्दा पहिले आफू ठिक हुने त्यसपछि अरुलाई राम्रो बनाउने अभियानमा लाग्नु पर्ने बताउनु भयो । खानपिन र सरसफाइमा विशेष ध्यान दिएमा विभिन्न किसिमको रोगबाट बच्न सकिने उहाँले बताउनु भयो ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरेकै कारण प्रदेश नम्बर २ मै नगरपालिका दास्रो भएको समेत उहाँले जानकारी गराउनु भयो । सम्पूर्णको साथ र सहयोग यसरी नै भयो भने कञ्चनपुरमा भएको प्राथमिक स्वास्थ्य केन्द्र नेपालमै नमुना बन्न सक्ने उहाँले बताउनु भयो । त्यस्तै सर्प दंशकको उपचार समेत भइरुहेको बताउँदै अहिलेसम्म २० जनाले सर्पदंशको उपचार पाएर निको भइसकेको जानकारी समेत दिनुभयो ।

वडा नम्बर ७ का वडा अध्यक्ष हरिकृष्ण महतो, वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साह, कञ्चनरुप स्वास्थ्य शाखाका स संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका डा. संजय कुमार गुप्ता लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
डा. यादव स्वयमले वालबालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । गजेन्द्र नारायण सिंह अस्पताल राजविराज तथा प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका ल्याब टेक्निसियनहरुले दिशा पीसावको परीक्षण गर्नुभएको थियो । साविक धरमपुर गाविस वडा नम्बर ५ का सम्पूर्ण नागरिकको स्वास्थ्य परीक्षण गरिएको आयोजकले बताएको छ ।

कार्यक्रममा दुई जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।
स्वागत समाजका सल्लाहकार विरेन्द्र साहले गर्नुभएको थियो भने जनजागृती समाजका अध्यक्ष शिवनारायण साहको अध्यक्षतामा शिविर सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page