काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि नेपाल बन्दको घोषणा गरेको छ।
पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामानमा भएको मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले मंगलबार नेपाल बन्द गर्ने भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो।
सोहि कार्यक्रम अन्तर्गत भोलि नेपाल बन्द आव्हान गरिएको हो ।भोलिको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्लै रहनेछन तर त्यस बाहेक बजार व्यवसाय, स्कुल, कलेज, कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द आव्ह्वान गरिएको नेकपाले जनाएको छ ।
साथै नेकपाले सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गरेको छ । जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न पनि सरकारसँग अपिल गरेको छ ।
Add Comment