समाचार

आज थप ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि , २ सय ७० जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा आज थप ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४ नमुना २ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा ४ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप २ सय ७० जना संक्रमित निको भएका छन् ।
संक्रमित १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७८ पुगेको छ ।
नेपालमा हाल ७ हजार ३ सय ११ जना सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page