राजनीति

एमालेको दशौं राष्ट्रिय महाधिवेशन नजिकिदै , सप्तरीबाट १५ हजार सहभागी हुने

डम्बर राई /
कञ्चनरुप(सप्तरी), मंसीर ४ गते ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि यतिबेला देशैभरीका नेता तथा कार्यकर्ताहरु कार्यव्यस्ततामा छन् । प्रतिनिधि छनौट गर्ने देखि महाधिवेशनमा सहभागिता गर्न गराउन आवश्यक बन्दोवस्त मिलाउँन भेला एवं बैठक जारी छन् ।
राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउँन सप्तरीको कञ्चनरुप नगरपालिकाबाट पार्टीले एक हजार कार्यकर्ता चितवन लैजाने भएको छ ।

शनिवार रुपनगर स्थित फुलवारी पाटीप्यालेसमा बसेको भेलाले महाधिवेशनलाई सहयोग पुर्याउँने कार्यमा आवश्यक पहलका लागि नगर स्तरीय व्यवस्थापन समिति निर्माण गरेको छ । प्रदेश, जिल्ला सदस्यहरु जनप्रतिनिधिहरु, वडा कमिटि अध्यक्षहरु, महाधिवेशन प्रतिनिधिहरु रहेको २३ सदस्यीय व्यवस्थापन समितिले तोकिएको संख्यामा कार्यकर्ताहरु लैजाने, खाने बस्ने सम्पूर्ण व्यवस्थाको काम गर्ने छ ।
चितवनको नारायणी नदीको किनारमा यहि मंसीर १० गते उदघाटन हुने र सौरामा दुई दिन १२ गतेसम्म बन्द सत्र हुने राष्ट्रिय महाधिवेशनमा सप्तरीबाट १५ हजार सहभागी हुने जिल्ला सचिव देवनाथ यादवले जानकारी दिनुभयो । उहाँको अनुसार प्रदेश २ बाट एक लाख कार्यकर्ता चितवन लैजाने तयारीमा जुटिसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page