मधेस प्रदेश समाचार

लैगिक हिंसा विरुद्ध १६ दिने अभियान : आज पाँचौ दिन निबन्ध प्रतियोगिताको आयोजना

राजविराज , १४ मंसिर । लैगिक हिंसा विरुद्ध १६ दिने अभियानको आज पाँचौ दिन अन्तर्गत माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिताको आयोजना गरिएको छ ।
प्रतियोगितामा प्रथम मविव क्याम्पस राजविराजकी छात्रा साधना झा ,द्वितीय पविमाविकी आर्या मिश्रा , तृतीय खुश्वु मण्डल र सान्त्वना पुरस्कार सृजना अधिकारीले प्राप्त गरेकी छिन् ।

प्रथम , द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । मैथिली महिला परिषद्को आयोजनामा ‘महिला हिंसा’ शिर्षकमा निबन्ध प्रतियोगिताको आयोजना भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page