काठमाडौँ । नेकपा एमालेमा केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ । अध्यक्षमा ओलीसँग भीम रावल पराजित भएका छन् ।
उपाध्यक्षमा घनश्याम भूसाल पराजित भएका छन् ।
यस्तै पूर्वमाओवादी नेता रामबहादुर थापा बादल निर्वाचित भएका छन् ।
सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । सचिवमा उम्मेदवारी दिएका पूर्वमाओवादी नेताहरु लेखराज भट्ट र टोपबहादुर रायमाझी निर्वाचित भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवनमा भएको १० औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।
उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित भएका छन् । पाण्डेले १९२५, नेम्वाङले १८६५, पौडेलले १८५६, ज्ञवालीले १८४२ र बादलले १७६८ मत ल्याएका छन् ।
तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित भएका छन् । उनले ७२५ मत पाएका छन् । उपाध्यक्षमा नसमेटिएका भुसालले उम्मेदवारी दर्ता गराएका थिए ।
Add Comment