मधेस प्रदेश समाचार

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट ,अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचियो

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा मण्डलका दुईवटा दाँत भाँचिएका छन् । मंगलवार दिउँसो करिव ३ बजे कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा विवाद हुँदा दुई जनाविच कुटाकुट भएको हो । उपाध्यक्ष मण्डलले अपशब्द प्रयोग गर्दै अध्यक्षमाथि जाईलागेपछि दुवै जना आपसमा भिडेका थिए । छलफलकै क्रममा विवाद वढेपछि अध्यक्ष र उपाध्यक्षबीच हानाहान भएको वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले वताए ।‘समान्य छलफलकै क्रममा एक्कासी अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भयो’ उनले भने–‘मिनटमै कुटाकुट भयो, हामी हेरेका हेरै भयो। एकछिन पछि हेर्दात अध्यक्ष ज्यूको दुईटा दाँत भुईमा रहेछ।’ उपाध्यक्ष मण्डलले पनि गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला अपशब्द प्रयोग भएको र अध्यक्षलाई कुर्सी उठाएर ताकेको स्विकार गरेकी छिन् । ‘अध्यक्ष ज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरे र सोही क्रममा मैले कुर्सी पनि उठाए’ उनले भनिन–‘तर वहाँको दाँत झरेको कुरा मलाई थाहा छैन।’

   

You cannot copy content of this page