राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा मण्डलका दुईवटा दाँत भाँचिएका छन् । मंगलवार दिउँसो करिव ३ बजे कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा विवाद हुँदा दुई जनाविच कुटाकुट भएको हो । उपाध्यक्ष मण्डलले अपशब्द प्रयोग गर्दै अध्यक्षमाथि जाईलागेपछि दुवै जना आपसमा भिडेका थिए । छलफलकै क्रममा विवाद वढेपछि अध्यक्ष र उपाध्यक्षबीच हानाहान भएको वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले वताए ।‘समान्य छलफलकै क्रममा एक्कासी अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भयो’ उनले भने–‘मिनटमै कुटाकुट भयो, हामी हेरेका हेरै भयो। एकछिन पछि हेर्दात अध्यक्ष ज्यूको दुईटा दाँत भुईमा रहेछ।’ उपाध्यक्ष मण्डलले पनि गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला अपशब्द प्रयोग भएको र अध्यक्षलाई कुर्सी उठाएर ताकेको स्विकार गरेकी छिन् । ‘अध्यक्ष ज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरे र सोही क्रममा मैले कुर्सी पनि उठाए’ उनले भनिन–‘तर वहाँको दाँत झरेको कुरा मलाई थाहा छैन।’
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट ,अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचियो
२१ मंसिर २०७८, मंगलवार २२:४४
549 Views
-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
मधेस प्रदेश • समाचार • समाज
सप्तरीको भारदहमा विङ्गरको ठक्करबाट नातिको मृत्यु, हजुरआमा घाइते
३० भाद्र २०८१, आईतवार १४:२२
मधेस प्रदेश • समाचार • समाज
सप्तरीको महुलीमा २८ वर्षीय युवक मृत अबस्थामा फेला
२ आश्विन २०८१, बुधबार १२:२८
Recent Posts
- यस वर्ष दसैं टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा
- सप्तरीको महुलीमा २८ वर्षीय युवक मृत अबस्थामा फेला
- आज विश्वकर्मा पूजा ; पूजा आराधना गरी पर्व मनाइँदै
- निम्न माध्यमिक तहको लाइसेन्सका लागि विज्ञापन खुल्यो (विज्ञापनसहित)
- पेट्रोलियम पदार्थको मूल्य घट्यो (सूचीसहित)
- मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा
- सप्तरीको भारदहमा विङ्गरको ठक्करबाट नातिको मृत्यु, हजुरआमा घाइते
Add Comment