मधेस प्रदेश स्वास्थ्य

सप्तरीमा ३० दशमलव ३१ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप

सप्तरी , २२ मंसिर । सप्तरीमा ३० दशमलव ३१ प्रतिशत व्यक्तिले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य निर्देशनालय प्रदेश २ को तथ्यांक अनुसार सप्तरीमा हालसम्म ३० दशमलव ३१ प्रतिशत व्यक्तिले मात्र पूर्ण खोप लगाउन सकेका छन् ।
त्यस्तै प्रदेश २ का अन्य जिल्लाहरु जस्तै सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत नागरिकले मात्रै कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् ।
त्यसैगरी सर्लाहीमा ३४ दशमलव ५४, रौटहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशत नागरिकले मात्रै पूर्ण खोप लगाएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रदेशमा २मा हालसम्म ३० प्रतिशत व्यक्तिले मात्र पूर्ण खोप लगाएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page