समाचार

आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको अध्यक्षमा भगवती प्रसाद चौधरी चयन

बृजमान तामाङ
बिरेन्द्र बजार, २५ मंसिर ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको अध्यक्षमा भगवती प्रसाद चौधरी चयन भएका छ्न ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको उपाध्यक्षमा जितेन्द्र प्रसाद चौधरी, सचिवमा रामनाथ चौधरी, सह सचिवमा राधा कुमारी चौधरी र कोषाध्यक्षमा रन्जना चौधरी चयन भएका छ्न् ।

यसैगरी समितिको सदस्यहरुमा शम्भु चौधरी र अनिता चौधरी रहेका छ्न् । अधिवेशनले बृजमान तामाङ, प्रिया सिंह थारु, डम्बर राई, राम बहादुर चौधरीलाई सल्लाहकारमा चयन गरेको नव निर्वाचित अध्यक्ष चौधरीले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page