समाचार

प्रदेश २ सरकारले सञ्चार क्षेत्रको विकासलाई प्रथामिकतामा राखेको छ : अर्थ मन्त्री साह

बृजमान तामाङ
राजविराज, २५ मंसिर ।
प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले सञ्चार क्षेत्रको विकासलाई प्रदेश सरकारले प्रथामिकतामा राखेर अगाडी बढेको बताएका छ्न ।
सप्तरीको शम्भुनाथ नगरपालिका ७ भगवतपुरमा शनिवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सञ्चार क्षेत्रको विकास र सञ्चारकर्मीहरुको समस्या सामाधान गर्न प्रदेश सरकार योजनाबद्ध ढङ्गले अगाडि बढेको बताए । सञ्चार क्षेत्रको विकास र सञ्चारकर्मीहरुको समस्यालाई सम्बोधन गर्न प्रदेश सरकार धेरै अगाडी बढिसकेको छ, मन्त्री साहले भने, पत्रकारहरुको क्षमता अभिबृद्वी गर्दै सुबिधा सम्पन्न बनाउने योजनाका साथ आम सञ्चार प्रधिकरण र मिडिया काउन्सिल गठन भएको छ ।

मन्त्री साहले सञ्चार क्षेत्रलाई समावेशी बनाउनु पर्नेमा जोड दिए । सञ्चार क्षेत्र समाबेशी भएमा मात्र लोकतान्त्र सुदृढ हुनेछ, मन्त्री साहले भने, देशमा रहेका उत्पीडिन र बहिष्कारणमा परेको समुदायको सञ्चारक्षेत्रमा पहुँच हुन सकेमा मात्र उनिहरुको समस्या बाहिर आउने भएकाले सञ्चारक्षेत्र समाबेशी हुनु जरुरी छ ।
देशमै सप्तरीका पत्रकारहरुले स्वस्छ र मर्यादित पत्रकारिता गरेकोमा चर्चा गर्दै मन्त्री साहले पत्रकारिता क्षेत्रमा भएका सानतिना बिकृतीहरुलाई सुधारेर अगाडि बढ्न आग्रह गरे । पत्रकारहरुले सरकारको कमिकमजोरीलाई औलाउँदै प्रदेशको विकास र संमृद्वीका लागि भुमिका निर्वाह गनुपर्ने भन्दै मन्त्री साहले प्रदेमा भएको आम समास्या उठान भएमात्र सोही कुरा सरकारलाई योजना बनाउन सहज हुने उल्लेख गरे ।
प्रदेश आम सञ्चार प्रधिकरण प्रदेश नम्बर २ का अध्यक्ष श्यामसुन्दर यादवले सञ्चार माध्यमहरुलाई ब्यबस्थित गर्न योजना बनिसकेको बताए । उनले पत्रकारहरुको क्षमता अभिबृद्वी गर्न प्रशिक्षण तथा तालिमको तयारी भईसकेको जानकारी दिए ।
यादवले सञ्चार क्षेत्रमा आदिबासी जनजाति सहितका पछाडी परेका समुदायको आकर्षण बढाउने उदेश्यका साथ आमसञ्चार प्रधिकरणले आफ्ना कार्यक्रमहरुलाई अगाडी बढाएको उल्लेख गर्दै उत्पीडित समुदायका अगुवाहरुले पत्रकारितामा आउनु चाहेनेहरु युवाहरुलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टी प्रदेश २ का उपाध्यक्ष शम्भु झाले बर्तमान शासन ब्यबस्था स्थापन गर्न पत्रकारको ठूलो योगदान गरेको बताए । उनले संघीयता सहितको उपलब्धि रक्षाका लागि अझै पत्रकारहरुले महत्त्वपूर्ण भुमिका निर्बाहको आबश्यकता औलाए ।
रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले पत्रकारहरुलाई सहयोग गर्न आफू सधै तत्पर रहेको बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेल, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य विनोद चौधरी, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, थारु कल्याण कारिणी सभा सप्तरीका अध्यक्ष शिव नारायण थारु, थारु भाषा साहित्य केन्द्र नेपालका उपाध्यक्ष बुधसेन चौधरी लगायतकाले अधिबेशन पुर्ण सफलताको शुभकामना व्यक्त गरे ।

आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका सह सचिब प्रमोद चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत सचिब जितेन्द्र कुमार चौधरीले गरे । अधिबेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page