समाचार

प्रेस चौतारी नेपाल सप्तरी सुधृढिकरण र विस्तारको क्रममा

डम्बर राई
कञ्चनरुप, पुष ४ गते ।
प्रेस चौतारी नेपाल सप्तरी सुधृढिकरण र विस्तारको क्रममा लम्किएको आइतबार बसेको बैठकले मुल्याङ्कन गरेको छ ।
पार्टी भित्र भएका विभिन्न खाले उतारचढावमा चौतारीलाई कुनैपनि क्षती नपुगेको बैठकमा सहभागिहरुले रिपोटिङ्ग गरेकाछन् ।
प्रेस चौतारी नेपाल एमालेको जनवर्गिय संगठन हो ।
कञ्चनरुप नगरपालिका १२ स्थित कृति सामुदायिक स्वास्थ्य केन्द्र रुपनगरमा अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा र चौतारीका केन्द्रिय सल्लाहकार मनोहर पोखरेलको प्रमुख आतिथ्यमा बसेको बैठकले संगठनमा आवध्दता हुन आउने संचारकर्मीको सम्पर्क बढिरहेको र उनिहरुलाई चौतारीको सदस्यताका लागि आवेदन समेत गरिएको छलफल गरेको छ ।
आगामी दुई महिना भित्रमा प्रदेश र केन्द्रको अधिवेशन हुने भएकोले सप्तरी शाखाले यहि पुुष १५ गतेभित्रमा सदस्यता नविकरणसंगै जिल्ला अधिवेशनको तयारी गर्ने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
कार्कीको अनुसार जिल्ला अधिवेशनको तिथिमिति र स्थानको अर्काे बैठकले टुङ्गो लगाउने छ ।
चौतारीका केन्द्रिय सल्लाहकार पोखरेलले संगठनका लागि एकजुट भएर तनमनले लाग्न सुझाव दिनुहुदै भन्नुभयो, सप्तरीमा हामीहरु विचलन हुनुपर्ने अवस्था नै छैन किनकी चौतारी स्थिर संगठन हो, राजनीतिक विचलन जसले निम्त्यायो उनिहरुनै नाङ्गियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page