उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) , ९ पुष । नेपाल राहत शिक्षक कञ्चनरुप नगरपालिकाको दोस्रो नगर अधिवेशन शुक्रबार भगवती राष्ट्रिय प्राथमिक विद्यालय कञ्चनरुप ८ कञ्चनपुरमा सम्पन्न भएको छ ।
अधिवेशनको उदघाटन गर्दै प्रमुख अतिथी राहत शिक्षक २ नम्बर प्रदेश सदस्य जितेन्द्र झाले शिक्षा क्षेत्रमा रहेको विकृतिको अन्त्य गरी पढाइलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । सरकारले राहत शिक्षकहरुका मागलाई सम्बोधन गर्नुपर्ने समेत उहाँले बताउनु भयो ।
त्यस्तै नेपाल शिक्षक संघ संघिय प्रतिनिधि प्रमोद कटुवालले शिक्षकहरु एक जुट भई शिक्षकहरुको जायज मागहरुलाई सम्बोधन गराउन सरकारलाई दबाव दिनुपर्ने बताउनुभयो ।
शिक्षक लक्ष्मीनारायण चौधरीले राहत शिक्षकहरुको जायज मागलाई सरकारले सम्बोधन नगरे कडा आन्दोलन गर्ने बताउनुभयो ।
सो अधिवेशनबाट पर्शुराम शर्माको अध्यक्षतामा १९ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमश : सोचेन्द्र कुमार यादव, प्रमिला साह, रमेश प्रसाद तिमिल्सिना, विनोद कुमार साह र रिना भट्टराई (आचार्य) रहनु भएको छ ।
त्यसैगरी प्रमोद कटुवाल, अनुज यादव, भुवनेश्वर प्रसाद यादव, प्रकास कुमार दास, भावना सापकोटा रहनेगरी पाँच सदस्यिय सल्लाहकार समिति समेत चयन गरेको छ ।
रमेश प्रसाद तिमिल्सिनाद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता पर्शुराम शर्माले गर्नुभएको थियो ।
Add Comment