स्वास्थ्य

ईन्जिनियर पोखरेलद्वारा कृति सामुदायीक स्वास्थ्य उपचार केन्द्रलाई दुई लाख आर्थिक सहयोग

कञ्चनरुप , १२ पुष। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रहेको कृति सामुदायीक स्वास्थ्य उपचार केन्द्र रुपनगरलाई अस्पतालका संरक्षक डा. रोहित पोखरेल तथा एसियन आमा नेपालको अध्यक्ष कुन्नम पोखरेलकी छोरी अमेरीकामा अध्यनरत ईन्जिनियर कृति पोखरेलले डिजिटल एक्सरे खरिदका लागि रु. २ लाख आर्थिक सहयोग गर्नुभएको छ ।

सोमबार एक कार्यक्रम बीच ईन्जिनियर पोखरेलले कृती सामुदायीक स्वास्थ्य उपचार केन्द्रको स्तरउन्नतीको निमित्त आफ्नो तर्फबाट डिजिटल एक्सरे खरिदका लागि रु. २ लाखको चेक कृति सामुदायीक स्वास्थ्य उपचार केन्द्रका सञ्चालक समितिका अध्यक्ष प्रकास प्रसाद दाहाललाई हस्तान्तरण गर्नुभएको हो ।
यस समुदायको जनताको स्वास्थ्यको निमित आर्थिक सहयोग गरीदिएकोमा पोखरेललाई अध्यक्ष दाहालले धन्यवाद व्यक्त गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page