स्वास्थ्य

कञ्चनरुपमा तीन दिने स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा कार्यशााला गोष्ठी सुरु

कञ्चनरुप , १३ पुष । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजना तथा युनिसेफको सहयोगमा मंगलवार नगरपालिकाको सभाहलमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तीन दिने स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा कार्यशााला गोष्ठी सुरु भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले सबैको साथ र सहयोगका साथै स्वास्थ्यकर्मीको मिहिनेतका कारणले गर्दा कञ्चनरुप नगरपालिकाका स्वास्थ्य क्षेत्र राम्रो भएको बताउनु भयो ।

प्रदेशमा मात्र राम्रो भएर हुँदैन स्वास्थ्य क्षेत्रमा भएका कमीकमजोरीलाई पत्ता लगाई सुक्ष्म तरिकाले अध्ययन गरी नगरपालिकाको स्वास्थ्य क्षेत्रलाई देशमै नमूना बनाउनका लागि स्वास्थ्यकर्मीहरुले अझैँ थप मिहिनेत गर्न आवश्यक रहेको बताउनुभयो ।
उप प्रमुख निरु पोखरेलले खोप अति संवेदनशिल भएका कारण खोपलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने बताउनु भयो । नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य रुपमा सुधार भएको उहाँले बताउनु भयो ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, सल्लाहकार खिलनाथ पोखरेल, स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले नगरपालिकाको खोपको अवस्था बारे समिक्षा, तथ्याङ्कको गुणस्तरको समिक्षा , खोप सेवा सुदृढिकरणको लागि सुक्ष्म योजना तयार गर्ने, खोप सेवामा प्रयोग हुने फारमहरु, बाल स्वास्थ्य तथा खोप कार्डको महत्त्व, पूर्ण खोपको बारेमा जानकारी, खोप सेवाबाट छुटेकाहरुको खोज गर्ने तरिकाहरुको जानकारी गराउने उदेश्यका साथ कार्यशालाको आयोजना गरिएको जानकारी गराउनु भयो ।

नगरभित्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु सहभागि कार्यशालामा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव, युनिसेफ प्रदेश नम्बर २ का सकुक भट्ट, स्वास्थ्य शाखा संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सहसंयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादवले सहजीकरण गर्नुभएको थियो ।
स्वास्थ्य शाखाका सहसंयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताद्वारा सञ्चालित कार्यक्रममा पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरीले सहयोगिको भूमिका निर्वाह गर्नुभएको थियो भने स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page