सप्तरी । तमु ल्होसारको उपलक्ष्यमा भोलि सरकारले सार्वजनिक बिदा दिएको छ ।
पुस १५ गते तमु ल्होसार परेकाले देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले आज विज्ञप्तिमार्फत मन्त्रीपरिषद् बैठकले तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएको छ ।
Add Comment