स्वास्थ्य

तीन दिने स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

कञ्चनरुप, १५ पुष । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुर सप्तरीको आयोजना तथा युनिसेफको सहयोगमा बिहीवार नगरपालिकाको सभाहलमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तीन दिने स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर सल्लाहकार खिलानाथ पोखरेलले नगरपालिकाको स्वास्थ्य क्षेत्र सन्तोषजनक रहेको बताउँदै स्वास्थ्य क्षेत्रलाई अझ राम्रो बनाउन खोपको तथ्याङ्कलाई चुस्तदुरुस्त राख्नुपर्ने बताउनुभयो ।
सहभागी स्वास्थ्यकर्मीहरुलाई तीन दिनसम्म कार्यशाला गोष्ठीमा सरल तरिकाले बुझ्ने गरी सिकाएकोमा युनिसेफ प्रदेश नम्बर २ का सकुक भट्टलाई धन्यवाद समेत दिनुभयो ।

विरेन्द्र कुमार साह लगायतका स्वास्थ्यकर्मीहरुले कार्यशालामा सिकेका कुरालाई व्यवहारमा उतारी खोप कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
त्यसैगरी स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सहसंयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव लगायतका वक्ताहरुले स्वास्थ्य क्षेत्रलाई अझ राम्रो बनाउन स्वास्थ्य शाखाले कटिबद्ध भएर का गर्ने बताउनु भएको थियो ।
नगरभित्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु सहभागी कार्यशालामा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव, युनिसेफ प्रदेश नम्बर २ का सकुक भट्ट, स्वास्थ्य शाखा संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सहसंयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादवले सहजीकरण गर्नुभएको थियो ।

स्वास्थ्य शाखाका सहसंयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताद्वारा सञ्चालित कार्यक्रममा पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरीले सहयोगिको भूमिका निर्वाह गर्नुभएको थियो भने स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page