स्वास्थ्य

नेपालमा थप २ सय ४१ जनामा कोरोना संक्रमण ,२ सय २८ जना सङ्क्रमण मुक्त

काठमाडौँ । आज थप २ सय ४१ जना कोरोनाका सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ९७ जनाको नमुना परीक्षण गर्दा २ सय ४१ मा सङ्क्रमण पुष्टि भएको हो ।
आज २ सय २८ जना सङ्क्रमण मुक्त भएका छन् । यो सँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ८ लाख ११ हजार ७ सय ४६ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर ४ हजार ८ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page