समाचार

समाजवादी साँस्कृतिक महासंघ सप्तरीको अध्यक्षमा भूषण

बृजमान तामाङ/
राजविराज ।
समाजवादी साँस्कृतिक महासंघ सप्तरीको अध्यक्षमा भूषण सिंह (भवर) चयन भएको छ । सामाजवादी साँस्कृतिक महासंघका केन्द्रिय सदस्य गोपाल प्रसाद चौधरीको अध्यक्षता तथा प्रदेश नम्बर २ सरकारका प्रबक्ता एव अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा राजविराजमा विहिवार आयोजित भेलाले सिंहको अध्यक्षतामा समाजवादी साँस्कृतिक महासंघ जिल्ला कार्य समिती गठन गरेको हो ।
गठित समितिको वरिष्ठ उपाध्यक्षमा कैलाश झा, उपाध्यक्षमा अशोक कुमार राम, महिला उपाध्यक्षमा रमिला साह, सचिवमा विध्यानन्द वेदर्दी, सह सचिबमा गजेन्द्र गजुर, देबेन्द्र सोनि र कोषाध्यक्षमा दिल कुमारी चौधरी चयन भएका छ्न ।
यसैगरी समितिको सदस्यहरुमा सुभाष विरपुरिया, कुमार बब्लु, मुकतार आलम, रामनाथ राम, सरोज सुर्यबंशी, दीपेन्द्र कुमार राम, टिक बहादुर तामाङ,बद्री नारायण यादव, भुपेन्द्र राई, राम कुमार मण्डल, संतोष कुमार सानू, तेजु मैथिली, शिवशंकर यादव, अर्साद मन्सुरी, अशोक कुमार झा, सरोज कुमार राय, रामविलास राम, पंकज कुमार साह, सत्य नारायण यादव, राम कुमार यादव रहेका छ्न ।
उक्त भेलाले निर्मला चौधरी, करुणा झा, सत्यदेव यादव, राम कुमार सिंह, अखिलेश्वर झा, राधव झा, हरिबंश यादव विरेन्द्र सप्तरीयालाई सल्लाहकारमा चनय गरिएको अध्यक्ष सिंहले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page