समाज

थाकस कतार च्याप्टरद्वारा कलाकार चौधरीलाई ८५ हजार सहयोग

बृजमान तामाङ
राजविराज, १६ पुस ।
रोगबाट थलिएका सप्तरीका डाक्नेश्वरी नगरपालिका ९ लक्षणपट्टी निवासी चर्चित कलाकार नवीन कुमार चौधरीलाई शुक्रबार एक संस्थाले ८५ हजार रुपैयाँ सहयोग गरेको छ ।
थारु कल्याण कारिणी सभा कतार च्याप्टर र थारु युवा ईकाई समूह दोहा कतारद्वारा एक कार्यक्रमको विच कलाकार चौधरीलाई अर्थिक सहयोग गरेको हो ।
थारु कल्याण कारिणी सभा कतार च्याप्टर दोहा कतारका अध्यक्ष अर्विन्द कुमार चौधरीको अध्यक्षता आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा थारु कल्याण कारिणी सभा सप्तरीका अध्यक्ष शिव नारायण चौधरी, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, आदिवासी जनजाति महासंघ कतारका पुर्व अध्यक्ष सियाराम चौधरी लगायतकाले संयुक्त रुपमा कलाकार चौधरीको घरमै पुगेर ८५ हजार रुपैयाँ प्रदान गरे ।


कार्यक्रममा बोल्दै थाकस सप्तरीका अध्यक्ष शिव नारायण थारुले कलाकार चौधरीलाई आर्थिक सहयोग गरेकोमा थाकस कतार च्याप्टरलाई धन्यवाद व्यक्त गरे । कलाकार समाज र राष्ट्रको गहना भएको चर्चा गर्दै अध्यक्ष थारुले कलाकार चौधरीको जीवन रक्षाका लागि थप उपचार सहयोगका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, कतार च्याप्टर दोहा कतारका पुर्व अध्यक्ष सियाराम चौधरी, थारु कल्याण कारिणी साँस्कृतिक सभा कतारका अध्यक्ष धनश्याम चौधरीले कलाकार चौधरीले साँस्कृतिक जगेर्नामा ठूलो योगदान भन्दै उनको उपचारमा सहयोगका लागि आग्रह गरे ।

थारु कल्याण कारिणी सभा कतार च्याप्टरका महामन्त्री भगवती प्रसाद चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत थारु कल्याण कारिणी साँस्कृतिक सभा कतारका पुर्व अध्यक्ष अन्जनी सिंह थारुले गरे ।
कलाकार थारु ६ महिना देखि सिकिस्त बिरामी परेका छ्न । झण्डै १ दर्जन भन्दा थारु चलचित्र र थारु गितहरुमा मुख्य कलाकारको रुपमा अभिनय गरिसकेका चौधरीले विराट नगर, धारान लगायतका अस्पतालमा स्वास्थ्य जाँच गराएपनी रोग पत्ता लाग्न नसकेको उनका आमा विश्वरी चौधरीले बताईन ।
खुट्टामा पिप जमेपछी शल्यक्रिया गरेका उनको पुनः ढाड, फोक्सो लगायतका शरीरको विभिन्न भागमा सोही समस्या देखिएको उनले बताईन । समस्या देखापरेको ठाउँमा शल्यक्रिया गरेपनी अबस्था झन गम्भीर भएपछि पछिल्लो समय काठमाडौ स्थित टिचिङ्ग अस्पतालमा उपचार गर्दा टिभी भएको भनी रोग पत्ता लागेले छोराको स्वास्थ्य अबस्थामा सुधारउन्मुख हुँदै गएको उनले जानकारी दिईन ।
हाल छोरालाई घरमै ल्याएको जानकारी दिदै उनले टिचिङ्ग अस्पतालमा चिकित्सकको सल्लाह अनुसार छोरालाई १५-१५ दिनमा स्वास्थ्य जाँच गराउनु लैजाने गरेको बताईन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page