समाचार

प्रेस चौतारी नेपाल सप्तरीको जिल्ला अधिवेशन पौष २८ गते हुने

कञ्चनरूप (सप्तरी) । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल सप्तरी शाखाको जिल्ला अधिवेसन यही पुष २८ गते हुने भएको छ ।
जिल्ला अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा बिहीबार सप्तरीको राजविराज स्थित पत्रकार मनोहर पोखरेलको निवासमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।
बैठकले सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नं. १२ धरमपुर स्थित धर्मेश्वर पिकनिक स्पोर्ट्स स्थलमा अधिवेसन गर्ने निर्णय गरेको छ ।
बैठकमा चौतारीका सल्लाहकार मनोहर पोखरेल, पिन्टु यादव, जिल्ला सचिव डम्बर राई, भूपदेव माली, बरिष्ठ पत्रकार बैद्यनाथ झा, पुनम पोखरेल लगायतले विभिन्न सल्लाह र सुझाव दिनु भएको थियो ।
बैठकले अधिवेशन भन्दा अगाडी सम्पूर्ण सदस्यहरुको नविकरण गराईसक्नुपर्ने निर्णय समेत गरेको छ । चौतारीको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको सचिव डम्बर राईले जानकारी दिनुभयो।
प्रेस चौतारी सप्तरी शाखाको अधिवेशन लगतै प्रदेश र केन्द्रिय महाधिवेशन हुने हुदाँ निर्धारित अल्पसमयमै अधिवेशन हुने अध्यक्ष खगेन्द्र कार्कीले जानकारी गराउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page