समाचार

थारु महिला सभा सप्तरीको दोस्रो अधिबेशन सम्पन्न, राष्ट्र निर्माणमा थारु महिलाको अहम भुमिका रहेको छ : अध्यक्ष चौधरी

बृजमान तामाङ
विरेन्द्र बजार ।
थारु महिला सभा सप्तरीको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
सप्तरीको खडक नगरपालिका ६ स्थित पुस्ताकलय भवनमा शनिबार एक समारोहका विच अधिबेशन सम्पन्न भएको हो ।
थारु महिला सभा सप्तरीका सभापति संतोषी चौधरीको अध्यक्षता तथा राष्ट्रिय सभापति हरिदेवी चौधरीको प्रमुख आतिथ्यमा अधिबेशन आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले राष्ट्र निर्माणमा थारु महिलाहरुको अहम भुमिका रहेको बताईन । देशमा भएको परिवर्तनकारी आन्दोलनमा थारु महिलहरुको अग्रणी भुमिका रहेको छ, सभापति चौधरीले भानिन, पहिचान र अधिकारको आन्दोलन होस वा राष्ट्रको चिनारी गराउने कार्य सहित सबै क्षेत्रबाट राष्ट्र निर्माणमा थारु महिलाहरूको अहम भुमिका रहेको छ ।
आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले राज्यको बिभेदकारी नितिका कारण अझै आदिवासी थारु महिलाहरु राज्यको मुल प्रबाहमा पुग्न नसकेको आरोप लगाए ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरीले अधिकार प्राप्तिका लागि थारु सहित सम्पुर्ण उत्पीडित समुदाय एकजुट हुनुपर्नेमा जोड दिईन ।
थारु कल्याणकारिणी सभा सप्तरीका अध्यक्ष शिव नारायण चौधरीले आन्दोलनका बलमा प्राप्त हक अधिकार राज्यले खोस्दै गएको भन्दै आक्रोश व्यक्त गरे ।
खडक नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भगवती प्रसाद चौधरीले सामाजिक रुपान्तरणमा थारु महिलाको महत्त्वपूर्ण योगदान रहेको बताए । थारु महिला अगुवा सर्मिला चौधरीले अधिकार सुनिश्चितताको लागि महिलाहरु जागरुक हुनुपर्नेमा जोड दिईन । थारु नेता उचित चौधरीले राज्यले थारु समुदायलाई अझै बक्र दृष्टिकोणले हेर्ने गरेको बताए ।
थारु महिला सभा सप्तरीका सचिब शंकर कुमारी चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष देव कुमारी चौधरीले गरिन । अधिबेशनले शंकर कुमारी चौधरीको सभापतित्वमा ११ सदस्यीय थारु महिला सभा सप्तरी गठन गरेका छ्न ।
गठित समितिको उपसभापतिमा निर्मला देवि चौधरी, सचिबमा सर्मिला चौधरी, सह सचिबमा रुमल कुमारी चौधरी, कोषाध्यक्षमा जमुना कुमारी चौधरी चयन भएका छ्न । यसैगरी समितिको सदस्यहरुमा मिना चौधरी, बेचनी देवि चौधरी, शशिकला चौधरी, ममता चौधरी, रिमु चौधरी र टीका लक्षमि चौधरी रहेका छ्न ।
नवनिर्वाचित पदाधिकारीलाई थारु महिला सभाका केन्द्रिय उपाध्यक्ष एवम् निर्वाचन मण्डलका संयोजक भगवती चौधरीले सपथग्रहण गराएको निर्वाचन मण्डलका सदस्य सुदर्शन चौधरीले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page